तराई मधेशका बजारमा छठ पर्वका लागि किनमेल गर्नेको भिड (फोटोफिचर)

लोकपथ
234
Shares

बिपिन यादव

जनकपुरधाम । छठ पर्वको आवश्यक सामग्री किनमेल गर्नेहरूको तराई मधेशका बजारमा किनमेल गर्नेको भिड लागेको छ ।

बाँस र माटोका सामग्रीसँगै केरा, नरिवल, फलफूल, मर-मसला, धूप-दीपलगायतका सामान किनमेल गर्नेहरूको बजारमा निकै भिड छ । अर्घ्यका लागि आवश्यक बाँसबाट बनेका डाला, टोकरी, नाङ्लालगायतका सामानसँगै माटोबाट बनेका हात्तीको आकृति, ढकनी, दियो, कलशजस्ता सामानको किनमेलमा व्रतालुहरू जुटेका हुन् ।

छठ गर्ने व्रतालुहरू सबैलाई एकै प्रकारका सामान चाहिने भएकाले त्यस्ता वस्तुहरूको माग अत्यधिक हुने गर्छ । अरू बेला बाँस र माटोका सामानको खासै बिक्री नभए पनि छठका बेला बिक्री बढ्ने गरेको व्यवसायी बताउँछन् ।

घरपरिवारबाट टाढा रहेका व्यक्ति पनि अनिवार्य रूपमा छठ मनाउन घर फर्कने गरेकाले यसले पारिवारिक मेलमिलाप र आत्मीयता बढाउने अवसरसमेत प्रदान गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?