एमाले नेतृ ओलीलाई मातृ शोक

लोकपथ
175
Shares

काठमाडौं । गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृ शोक परेको छ ।

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।

शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा दीपा ओलीको निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् ।

ओली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?