काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा, तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १४ जना रहेका छन् ।
स्थानीयको आक्रमणबाट डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया