काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने भएका छन् ।
पूर्वराजा शाह विर्तामोड नगरपालिका १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट कलेजको निमन्त्रणामा झापा जाने भएका हुन् ।
सोही दिन उनले कलेज प्रांगणमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको शाहका संवाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया