४६औँ ईफाप्का सम्मेलन हुँदै

लोकपथ
42
Shares

काठमाडौं । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ राष्ट्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय छाता संस्था इन्टरनेसनल फेडेरेसन अफ एसियन एण्ड वेस्र्टन प्यासिफिक कन्ट्याक्टर्स एशोसिएसन (ईफाप्का) को ४६ औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले, आज पत्रकार सम्मेलन गरी मंसिर पाँच गतेबाट काठमाडौंमा आयोजना हुने सो सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

ईफाप्का सम्मेलन ‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नाराका साथ मंसिर पाँच गतेदेखि ९ गतेसम्म चार दिनसम्म काठमाडौंको एक होटलमा आयोजना गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गरिने महासंघका महासचिव रोशन दाहालले बताए ।

ईफाप्का सम्मेलन नेपालको पर्यटन क्षेत्रको विकास र अर्थतन्त्रलाई चलायमान गर्न राम्रो अवसर बन्न सक्ने महासंघका अध्यक्ष रवी सिंहले बताए ।

‘सम्मेलनमा सदस्य मूलुकका जतिपनि व्यवसायीहरु सहभागी हुनुहुनेछ उनीहरुबाट कम्तीमा पनि १० लाख डलर बढी नेपालको पर्यटन क्षेत्र वा अर्थतन्त्रलाई भाइब्रेन्ट गर्न खर्च गर्ने र हामीले त्यो विदेशी मुद्रा प्राप्त गर्ने र नेपालको पर्यटन क्षेत्रको विकासको लागि यो एउटा राम्रो उपलब्धी हुनेछ । ’

उनले नेपालमा कृषि, पर्यटन जलविद्युत लगायतका विविध क्षेत्रमा लगानीको गर्न आग्रह गर्ने बताए ।

इफाप्कामा १८ वटा देशहरु रहेका छन् । यो नेपालले आयोजना गर्ने दोस्रो सम्मेलन पनि हो । इफाप्कामा १८ वटा देशहरुबाट २५० बढी प्रतिनिधि सम्मेलनमा सहभागी हुन नेपाल आउने इफाप्काका महासचिव एवं नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार समेत रहेका विरेन्द्र दास स्वामीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?