खुकुरी प्रहार गरी फरार ३ जना पक्राउ

लोकपथ
1.1k
Shares

काठमाडौं । खुकुरी प्रहार गरी फरार भएका ३ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बानेश्वरस्थित आई प्लेक्स मल नजिक नेकपा (माओवादी केन्द्र) का खेलकुद महासंघको उपाध्यक्ष तथा नेपाल उसु महासंघको केन्द्रीय अध्यक्ष जनक बर्तौलालाई तत्काल नाम थर वतन नखुलेका २ जना ब्यक्तिहरुले धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए ।

उक्त घटनाको अनुसन्धानको क्रममा अभियुक्तहरु घटना पश्चात सीमावर्ती इलाकामा लुकीछिपी बसेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हाे ।

पक्राउ पर्नेमा बाँके कोहलपुर १० चटार बस्ने २४ बर्षीय शेर बहादुर थारु, झापा मेचि ८ मेचे गाँउ बस्ने ३४ बर्षीय कैलास भन्ने टेक बहादुर प्रधान, बाँके कोहलपुर १ कौशिला नगर बस्ने २६ वर्षीय आशिष लामिछने मगर रहेका छन् ।

उनीहरुकाे साथबाट प्रहरीले खुकुरी, कपडा,जुत्ता र झोला बरामद  गरेकाे छ । पक्राउ परेका ३ जना व्यक्तिहरु उपर सम्मानित जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग कसुरमा १० दिन म्याद थपिएको छ ।

थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?