छठको तयारीमा रंगियो गंगासागर (फोटोफिचर)

लोकपथ
91
Shares

काठमाडौं । तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ ।

विशेष गरी तराई मधेशमा मनाईने छठ पछिल्ला वर्षमा काठमाडौं उपत्यकालगायत पहाडि भेगमा समेत मनाउन थालिएको छ ।

जनकपुरको प्रसिद्ध गंगासागरलगायत, विभिन्न जलाशय तथा काठमाडौंको पशुपति क्षेत्रस्थित गौरीघाटलगायतका क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको हो ।
गौरीघाटमा छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो ।

छठ पूजाको सबै तयारी अन्तिम चरणमा पुगेको भन्दै बत्ति, टेन्ट सबैको काम भईरहेको गौरीघाट छठ पूजा व्यवस्थापन समिति अध्यक्ष अनिलकुमार सिंहले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?