काठमाडौं । अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अदचन्दननाथ नगरपालिका ५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसअवैध लागूऔषधसहित तपेन्द्र बुढाथापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
गुठीचौर गाउँपालिका ३ बस्ने १९ वर्षीय बुढाथापालाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले तलासी लिने क्रममा तपेन्द्रको साथमा रहेको प्लाष्टिकले बेरेको पुरिया मुखमा हाली निलेकोले बुढाथापालाई नियन्त्रणमा लिईएको छ ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा लगि उपचार गराउने क्रममा ४ वटा पुरियामा रहेको उक्त पदार्थ निकालिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया