टिकटकमाथिको प्रतिबन्दविरुद्ध सर्वोच्चमा रिट दर्ता

लोकपथ
147
Shares

काठमाडौं । टिकटकमाथिको प्रतिबन्दविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।

अधिवक्ता डा. सुनिल रंजन सिंह र सरिता थापाले दायर गरेको रिट केहीबेरअघि सर्वोच्चमा दर्ता भएको हो ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध प्रधानमन्त्री कार्यालय, सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ ।

सरकारले टिकटक बन्द गराउने निर्णयले संविधानको धारा १७(१), (२) (क), १९, २७, ३३ र ४६ को गम्भीर उल्लंघन भएको रिट निवेदकहरुको दाबी रहेको छ ।

सामाजिक सञ्जालमाथिको बन्देजले व्यक्तिको व्यक्तिगत स्वतन्त्रता हनन भएको भन्दै रिट दर्ता गरिएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । भोलि शनिबार रहेकाले आइतबार मात्रै उक्त रिटमाथि पेशी तोकिने उनले बताए ।

त्यस्तै अन्य कानुन व्यवसायीहरुले पनि टिकटकमाथिको प्रतिबन्दविरुद्ध रिट सर्वोच्चमा पुगेको छ । सर्वोच्च प्रशासनले अध्ययन गरेर मात्र अन्य रिट दर्ताको प्रक्रियामा लैजानेछ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?