नेसपाले बोलायो केन्द्रीय समिति बैठक

लोकपथ
0
Shares

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

नेसपाले आगामी मंसिर ६ र ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

बैठकमा पार्टी एकीकरणका लागि माओवादीले पठाएको पत्र लगायत समायोजन समिति बनाउने लगायत विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

त्यस्तै बैठकले आगामी वैशाखमा महाधिवेशन गर्नेबारे समेत छलफल हुने बताइएको छ । साथै नेसपाको जारी अभियान, संगठन सुदृढीकरण लगायत विषयमा समेत छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?