बिजुलीको तार कुल्चिँदा बागलुङमा एक जनाको मृत्यु

लोकपथ
0
Shares
SSUCv3H4sIAAAAAAACA01RwU7DMAz9FSvnwkDcekPThOA0MYnLxMFNvc5qmlRO0jFN/XecbkzcbL9nv5eXi2kwsjX1xbBzOSbBxMGb+rky1HIKwuhM/TRXJiZMOVJUrnYWE3WKLv3fkf2lzE1t3n1bbpVdXcyNjtbB6yTb5fxc3Zn/VONq7Xh8eJV03/oiqx7M/F0Z7Mjbc1FXeSFHuJjZK9SfEslwczZxS+FaYm65lGYKFp3iL8W56oWhTDvB8chWeCIpfUvRamF2eKB0hlHIYi7GABOcgvQwOrQEHMNA+joLNnhLo4KcjtCxOOgoJfYdqD+7UOIx2B4OEgZoJPTklSwE0/Iw+B/6I2w0cWwcwWa7A/QtfJJvSVkePrZvcAgyYMkm/ZToTHXL8Horrm5uMrpVkyN7ilE5odffnOf5F6DKPd3rAQAA

बागलुङ । बागलुङमा भुइँमा लत्रिएको बिजुलीको चार कुल्चिँदा एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो ।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा नेपालीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिए उनको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापरवाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?