जुवातास खेल्दाखेल्दै घर र होटलबाट २० जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।

झापा, गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका–४ बस्ने ४७ वर्षीय टंक बराल समेत १५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रूपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको छ ।

त्यस्तै भोजपुर, टेम्केमैयुङ गाउँपालिका–९ पान्धारे बजारस्थित सम्झना होटलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् ।  । प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटल संचालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत ५ जनालाई बिहीबार राति पक्राउ गरेको हो । उनीहरूबाट नगद १३ हजार ४० रूपैयाँ र १ बुक तास बरामद भएको छ ।

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले नाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?