लामिछाने अभिनन्दित

ललितपुर, १० कात्तिक  ः नेपाल स्काउटका निवर्तमान प्रमुख श्रीराम लामिछाने विश्व स्काउट संगठनको सर्वाेच्च पदक ‘ब्रोन्जउल्फ’बाट सम्मानित हुनुभएकोमा आज यहाँ आयोजित एक कार्यक्रममा अभिनन्दन गरियो । स्काउट, रोभर र स्काउट गोदावरी क्षेत्रको आयोजनामा सम्मानित लामिछानेलाई आज अभिनन्दन गरिएको हो । विश्व स्काउट संगठनबाट सन् २०१६ जनवरी २९ मा घोषणा गरिएको सो पदक १८ अगस्त २०१७ मा अजरबैजानको वाकुमा सम्पन्न विश्व स्काउटको ४१ औँ विश्व सम्मेलनको विशेष समारोहमा लामिछानेलाई प्रदान गरिएको थियो । विश्व स्काउटिङको विकासमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई मात्र यो विश्वस्तरको पदक प्रदान गर्ने प्रचलन रहेको छ । उक्त पदक हासिल गर्ने नेपालको पहिलो व्यक्ति लामिछाने हुनुहुन्छ विश्व स्काउट संगठनको सतवार्षिकी मनाउने सिलसिलामा उहाँको विशेष पहलबाट रसुवा जिल्लामा अवस्थित हिमशिखरलाई स्काउटका प्रवद्र्धक लर्ड वेडेन पावेलका नाममा नामाकरण गरिएको थियो । पाँच हजार ८९० मिटरको सो हिमशिखर चढ्न विश्वका विभिन्न राष्ट्रका युवा स्काउटर उल्लेखनीय रुपमा नेपाल आउने गरेका छन् सो अवसरमा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले स्काउटमार्फत नेपालको शिरलाई विश्व जगत्मा नाम राख्न सफल हुनु भएकोमा प्रशंसा गर्नुभयो । उहाँले स्काउटजस्तो मर्यादित र अनुशासित संस्था विकासका लागि नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो सम्मानित व्यक्तित्व लामिछानेले पदकबाट विभूषित हुन पाउनु सौभाग्य भएको बताउनुभयो । उहाँले सकारात्मक सोचले मात्र देशको उन्नति हुने भएकाले स्काउटजस्तै सबै क्षेत्रलाई अनुशासित बनाउनुपर्नेमा जोड दिनुभयो लामिछाने हाल विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रीय स्काउट संगठनको एवार्ड समितिको अध्यक्ष हुनुहुन्छ । विगत ५४ वर्षदेखि निरन्तर यस क्षेत्रमा लागि पर्नुभएका लामिछाने यसअघि एसिया प्रशान्त क्षेत्रीय समितिको प्रथम उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?