टिकटकमाथिको प्रतिबन्दविरुद्ध सर्वोच्चमा ५ वटा रिट

लोकपथ
364
Shares

काठमाडौं । टिकटकमाथिको प्रतिबन्दविरुद्ध सर्वोच्चमा रिट परेको छ ।

तिहारपछि अदालत खुलेसँगै आज सर्वोच्चमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध ५ वटा रिट परेको हो ।

सरकारको निर्णयविरुद्ध रिट परे पनि त्यसबारेमा अध्ययन गरेर मात्र दर्ता हुने वा नहुने भन्ने निर्णय हुने सर्वोच्चका सूूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले लोकपथलाई जानकारी दिए ।

‘टिकटक बन्द गर्ने निर्णयविरुद्ध ४–५ वटा रिट आइपुगेको छ । अध्ययन गरेर मात्रै दर्ता हुने वा नहुने भन्ने निर्णय हुन्छ ।’ उनले भने ।

सामाजिक सञ्जाल टिकटकमा उच्छृङ्खल गतिविधि धेरै भएको भन्दै सरकारले गत कार्तिक २७ गतेबाट टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?