प्रहरी प्रधान कार्यालयद्वारा एसपी र डिएसपीको काज सरुवा, को–कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसपी रवीन्द्र केसीलाई काज सरुवा गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत एसपी केसीलाई ट्राफिक निर्देशनालयमा काज सरुवा गरिएको छ । 

यस्तै विभागमा एसपी प्रकाश रानाभाटलाई पठाइएको छ । 

यस्तै तीन जना डिएसपीको पनि काज सरुवा गरेर केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ । अपराध महाशाखामा कार्यरत डीएसपी खुमलाल भुषाल, अर्जुन केसी र प्रहरी प्रधान कार्यालयमा कार्यरत महेन्द्र खड्कालाई युरामो सरुवा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?