अञ्जली दिदीले २०८ जनालाई लगाइदिइन् भाइटीका

लोकपथ
441
Shares

काठमाडौं । अन्जली मास्केले काष्ठमाण्डपमा २०८ जनालाई भाइटीका लगाइदिएकी छन् । दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई २०५५ देखि भाइटीका लगाइदिँदै आएकी मास्केले यसपटक २०८ जनाको लागि तयारी गरेको र सबै सामग्री सकिएको बताइन् ।

उनले भनिन् २ सय ८ जनाको लागि टीकाको तयारी गरेकी थिए । सबै सामग्री सकियो । यस पटक २ सय ८ जना दाजुभाइले टीका लगाउनु भएको छ । ’ मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?