काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, नेपाली कामकाजमा नेपाल संवत उल्लेख गर्ने निर्णय ऐतिहासिक भएको भन्दै सरकारले त्यसलाई कार्यान्वयन गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।
बसन्तपुरमा आयोजित नेपाल संवत् ११४४ को विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले मौलिकता र राष्ट्रिय आत्मसम्मानका लागि गरिएका सरकारी निर्णय कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए ।
‘हामी हाम्रो मौलिकता, हाम्रो इतिहास हाम्रो राष्ट्रिय आत्मसम्मान र भावनालाई हामीले निरन्तर अगाडि बढाउनु छ । नेपाल संवत्लाई राष्ट्रिय संवत् । शंखधर साख्वालाई राष्ट्रिय विभूति मान्नु र यसलाई कार्यान्वयन गर्ने निर्णय हामीले गर्र्दै अगाडि बढेका छौँ ’ उनले भने ।
नेपालका मौलिक संस्कृतिले नेपाललाई अन्तराष्ट्रियकरण गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ । यसले नेपालको राष्ट्रिय एकता अझ मजबुत भूमिका खेलेको छ । नेपालको मौलीकता र संस्कृति विश्वव्यापीरुपमा सन्देश दिन पनि भूमिका खेलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया