जनकपुरधाम । जनकपुर रेल्वे लिकमा ट्रेनले किचिएर वृद्धको मृत्यु भएको छ ।
जनकपुरधामबाट जयनगरका लागि छुटेको ट्रेनको लिकमा किचिएर आज बिहान एक वृद्धको मृत्यु भएको हो ।
धनुषाको बैदेही स्टेशनदेखि करिब ५ सय मिटर पूर्वमा रेल्वे लिकमा किचिएर अन्दाजी ५०र५५ वर्षीय वृद्धको मृत्यु भएको रेल्वे सुरक्षा वेशका डिएसपी खड्क बहादुर शाहीले जानकारी दिए ।
मृतकको शरीरबाट खुट्टा अलग भएको छ भने मृतकको पहिचान खुल्न नसकेको उनले बताए।
प्रहरीले मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि जनकपुरधाम लैजाने तयारी गरेको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया