टिकटक बन्द गर्ने सरकारको निर्णय गलत : कांग्रेस महामन्त्री थापा

लोकपथ
35
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर गलत गरेको बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय लिएसँगै त्यसको विरोधमा समाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएपनि नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उल्लेख गरेका छन् ।

महामन्त्री थापाले यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने /नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय भएको बताएका छन् ।

यसमा सरकारको नियत,अभिव्यक्ति तथा व्यक्तिगत स्वतन्त्रता, लाई कुण्ठित गर्ने देखिएकोले सरकारले यो निर्णय सच्याउनुपर्ने थापाले बताएका छन् ।

साथै सरकारले यो कदम सच्चाउनु पर्ने रयसमा किन्तु परन्तु केही पनि नचल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?