बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद् बैठक
सुरु भएको छ ।

बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

मन्त्रिपरिषदको नियमति बैठक मंगलबार बस्ने भएपनि प्रधानमन्त्रीले सोमबार नै बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

जन्ममिति र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका उपरथी पाण्डेले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मालाई राजिनामा बुझाएका थिए ,बैठकमा सोही विषयमा छलफल हुने समभावना रहेको बताइएको छ । सेनाको जंगी अड्डाले सोही दिन पाण्डेको राजीनामा रक्षामन्त्रालयमा पठाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?