काठमाडौं । यस वर्ष तिहारको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो नहुने भएको छ ।
प्रत्येक वर्ष तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै आइरहेको देउसी भैलो यस वर्ष विभिन्न कारणले हुने भएको हो ।
प्रधानमन्त्री पत्ती सीता दाहालको निधन साथै जाजरकोट भूकम्पका कारण यस वर्ष देउसी भैलो नहुने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले लोकपथलाई जानकारी दिए ।
‘एक त प्रधानमन्त्रीज्यूको धर्मपत्नी सीता आमाको निधन र अर्कोतिर जाजरकोट लगायत पश्चिम नेपालमा गएको भूकम्पको कारण देश नै शोकमा रहेका कारण यो वर्ष प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो नहुने भएको हो ।’ उनले भने ।
जाजरकोट लगायत पश्चिम नेपालमा भएको भूकम्पका कारण तिहारका अवसरमा कुनै पनि राजनीतिक दलले शुभकामना आदानप्रदान तथा चियापान राखेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया