काठमाडौं । तिहारका बेला रमाइलोका लागि पटका पड्काउने गरिन्छ । तर तराईका धेरै जिल्लाहरुमा यी चाडवाडमा पटका पट्काउने चलन यसरी विकृत हुँदै गईरहेको छ कि यो एकखाले आतंक जस्तै भएको छ ।
जिउज्यानकै जोखिम हुनसक्ने, क्षति हुनसक्ने र विभिन्न दुर्घटना हुन सक्ने भन्दै सरकारले हरेक वर्ष तिहारमा पटका पड्काउन समेत निषेध गर्दै आएको छ । तर खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजारबाट लुकिछिपी पटका ल्याउने र यि चाडबाडका बेलामा ठूलो आवाजमा पटका पड्काएर रमाईलो गर्नेहरुका कारण मानिसले तिहारको नराम्रो पक्षमा पटका बारुदका आवाज र गन्धलाई लिने गर्छन् । तिहार नजिकिँदै गर्दा अवैध रुपमा हुने पटका तस्करी पनि बढ्दै गएको छ ।
पछिल्लो केहि वर्षदेखि प्रशासनले दीपावली र छठको समयमा पटका जन्य विष्फोटक पदार्थ पट्काउन बर्जित गरे पनि गैरकानूनी रुपमा भित्रिने पटका ले साँझको समयमा एक किमिसको आतङ्क नै सिर्जना गर्छ । मानिसले लुकिछिपी पटका किनेर छरछिमेकलाई समेत असर पर्ने गरी यसलाई पड्काउने, तर्साउने पनि गर्ने गरेका छन् ।
तर के तपाईलाई थाहा छ ? रमाईलोका लागि पट्काईने पटका बाट निस्कने धुँवाले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सर हुनसक्छ ।
चिकित्सकहरुले यो विकृत पाटोको असरबारे जानकारी दिँदै यस्ता क्रियाकलापबाट श्रवणक्षमतामा समेत असर पु¥याउन सक्ने, चर्को आवाजका कारण टाउको दुख्ने, मुटु काप्ने, डर लाग्ने जस्ता समस्या देखिनसक्नेतर्फ संकेत गर्दै यस्ता क्रियाकलाप नगर्न अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया