काठमाडौं । नेपालीहरुको मौलिक चाड तिहारले हामी सबैलाई छपक्कै छोपिसकेको छ । दाजुभाइसँग चेलीको भेटघाट, सेलरोटी अनरसा, फूलहरुको रौनकता साथै देउसी भैलो नेपालीहरुको मौलिक चाड तिहारको मुख्य विशेषता नै हुन् । शहर होस् या गाँउ तिहार भनेपछि रङ्गी चङ्गी र कानमा गुञ्जिरहने ‘देउसी भैलो’ले पनि मानिसहरुलाइ थप उमंग भर्ने काम गर्दछ ।
किंवदन्ती अनुसार हाम्रा हरेक चाडपर्वहरु परापूर्वकालमा देवी देवताहरुले कुनै न कुनै विजयी भएको अवसरमा मनाउन थालिएको भन्ने सुन्नमा आउने गरेको छ ।
त्यो पर्वसँग जोडिएर आउने परम्परापनि पक्कै कुनै न कुनै राजा महाराजले खुशीयालीमा गरेको कामलाई गरेको निरन्तरताबाट थिती बस्न गएको हो । विशेष तिहारमा खेलिने देउसी भैली पनि त्यसैबाटको निरन्तरता भन्दा फरक नपर्ला ।
खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रशं भएर आएको मानिन्छ ।
अयोध्याबासीले आफ्ना राजाको आगमनमा खुशीयालीमा दियो बालेका थिए । त्यो कालो रात दियाको उज्यालोले धर्ती जगमगाएको थियो । त्यसबेला भगवान रामको नाम पुकार्दै मानिसहरु घर, टोल घुमेका थिए । यहि प्रचलन अहिले देउसिरेको रुपमा विकास भएको भन्ने कथन पनि पाइन्छ ।
समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेलामा मात्र गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन् ।
देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के–के दिन्छन् हेरौला भन्दै खुब फुर्क्याइन्छ।
त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ । सामुहिकताको भावनामा आधारित भएर खेलिने देउसीले पछिल्लो समय धेरै सामाजिक कामहरु पनि हुने गरेका छन् । रितिरीवाजलाइ जोगाउँदै एउटा उदेश्य सहितको देउसीले धेरै सामाजिक कामहरु पनि हुने गरेको छ ।
कतै एम्बुलेन्स किन्ने , कतै सडक निर्माण , कतै मन्दिर निर्माण जस्ता यावत राम्रा कुराहरु हामी प्रशस्तै मात्रामा सुन्दै आएका छौँ । साथै पछिल्लो समय परम्परा जोगाउने नाममा विकृतिहरु पनि भित्रिदै आएका छन् । प्रविधीको व्यापक बिकास भएसँगै देउसीमा पनि प्रविधीको धेरै प्रयोगले मौलिकता हराउँदै गएको पाइन्छ ।
साथै देउसी खेल्ने नाममा धेरै रातीसम्म हो–हल्ला गर्ने तथा पटाका पडकाउने तथा अन्य क्रियाकलापले आम मानिसहरुलाइ सू–सुचित गर्नका लागि प्रत्येक वर्ष सरकारले आह्वान समेत गर्ने गरेको छ । हामीले मनाउने पर्वहरुमा पनि मौलिकता जोगाउन पहल गर्नुपर्ने देखिन थालेको छ ।
टीकाटाला, दाजुभाइ दिदिबहिनीको भेटघाट साथै रमाइलोको एक माध्ययम हो देउसीभैलो । तपाइले पनि अघिल्ला वर्षहरुको तिहारमा देउसी भैलो पक्केै खेल्नु भएको होला ? र यस वर्ष पनि पक्कै देउसी भैलो त पक्कै खेल्नु होला । तर यसवर्ष पहिलेभन्दा समय फेरिएको छ ।
कोरोनाको कहरका कारण यसपटक भैली नखेल्न स्थानीय प्रशासनले अनुरोध गरेका छन् । जनस्वास्थ्यविद्हरुले पनि परम्परादेखी खेल्दै आइएको देउसीभैलोलाइ यसवर्ष नखेल्न सुझाव दिएका छन् । देउसी भैलीका क्रममा विभिन्न स्थानमा पुगिन्छ । फरक–फरक मानिसहरुको सम्पर्कमा पुगिने भएकोले कोरोना संक्रमण सर्न सक्छ । त्यसो त धेरै मात्रामा आधुनिकताले छोएका कारण केही मात्रामा मौलिकता भने हराएको छ ।
साथै हामीले खेलिने देउसीभैलोले कतै अरुलाइ असर पो गरीरहेको पो छ की आफूले गरेको रमाइलोबाट अरुलाइ असर परेको नपरेकोमा हामीले ध्यान दिनुपर्ने हुन्छ । त्यसैले हामीले तिहारमा देउसी भैलो खेल्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
त्यसैले देउसी खेल्न जाँदा यस्ता कुरामा ध्यान दिने की ? पहिलो कुरो त यसपटक आफ्नो परिवारमा मात्रै भैली खेलेर मनाउनुहोस् ।
⦁ देउसी भैलोजस्ता मोरञ्जनात्मक क्रियाकलापमा सलंग्न हुँदा स्थानीय प्रशासनबाट तोकिएको समयावधि र प्रक्रियाको परिपालन गर्ने
⦁ भुइँचम्पा, पटाका र आतशबाजीजस्ता विष्फोटक पदार्थको प्रयोग गरि समाजमा नकारात्मक असर पर्ने खालका गतिविधी नगर्ने,
⦁ समाजमा नकारात्मक असर पर्ने खालका गीत संगीत तथा श्रव्य–दृश्य सामग्रीको उत्पादन र बिक्री वितरण नगर्ने
⦁ कुनै व्यक्ति वा संस्थाबाट अनुचित दवावमुलक माग नराख्ने,
⦁ साथै सधैँ देउसी खेल्दा सभ्य भाषा,शिष्ट शैलीमा मनोरञ्जनात्मक साथै मौलिक गीतहरुलाई प्राथमिकता दिनुपर्दछ ।
हरेक वर्ष तिहारमा हुने यी र यस्ता विकृती विषङ्गीहरु समाजमा हुन नदिनको लागि गृहमन्त्रालयले विज्ञप्ती जारी गर्ने गरेको छ । साथै यस वर्षपनि सरकारले मौलिक चाड तिहारभित्रको मौलिकता हराउन नदिनको लागि आह्वान समेत गरेको छ भने कोरोनाको कहरले थिलोथिलो पारेको कारण सकभर घरबाहिर अनावश्यक काम वा बहानामा ननिस्कन भनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया