आज गाई तिहार : गाईको पूजाआजा गरि मनाईँदै

लोकपथ
35
Shares

काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको दिन, गाई तिहार । आज गाईको पूजाआजा गरि मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरि गाई तिहार मनाइएको हो । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ ।

हिन्दू धर्मावलम्बिहरुले आज धुमधामका साथ गाईको पूजा गरी गाई तिहार मनाएका छन् । गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरिएको सर्वसाधारणहरु बताउँछन् । गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको सर्वसाधारणहरुको भनाई छ ।

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?