रोयल इनफिल्डको “Hunter Ride the Light 2023”

लोकपथ
217
Shares

निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले दिपावली को अबसर पारेर ‘रोयल इनफिल्ड “Hunter Ride the Light 2023” कार्यक्रम आयोजन गरेको हो । यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए।

यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, Promoting Systematic Ride र हाम्रा परम्परा संस्कृति र चाडहरु संरक्षण एवम् प्रबर्धण गर्नु रहेको छ ।

कार्तिक २५ गते साँझ ५ बजे रोयल इनफिल्डको शोरूम कोटेश्वरबाट सुरु भएको यो राइड कोटेश्वर बानेश्वर भद्रकाली न्युरोड जमल, दरबारमार्ग, सहिद गेट, त्रिपुरेश्वर, कुपोण्डोल, पुलचोक, झम्सीखेल, लगनखेल, महालक्ष्मी स्थान, ताल्चीखेल, नन्खु, सानेपा, बल्खु, चोभार, टौदह, बोसन डाडा, सम्मको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?