नेपाल शेयरहोल्डर अलायन्सद्धारा आकस्मिक रक्तदान कार्यत्रम सम्पन्न

लोकपथ
126
Shares

“रत्तदान नियमित काम” ! मूल नाराका साथ नेपाल शेयरहोल्डर अलायन्सद्धारा तिहार, नेपाल सम्वत् ११४४ र वर्तमान अवस्थामा भइरहेको रगतको अभावलाई मध्य नजर गर्दै आयोजना गरेको “आकस्मिक रक्तदान” तथा चियापान र शुभकामना आदान फ्रदान कार्यक्रम कार्त्तिक २४ गते शुत्रबार झीगु इच्छुमती खलः, काठमाण्डौं वडा नं. २८ मा सम्पन्न भएको छ ।

प्रमुख अतिथि नेफाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालै मात्र राष्ट्रिय रत्त नायक ररक्त सम्राट उपाधिबाट बिभूषित, नेपालका सर्वाधिक १७६ औं पटक रक्तदान गरिसक्नु भएका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रथम रक्तदाता सुजन थापालाई Blood Bag हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । नेपाल शेयरहोल्डर अलायन्सका का.वा. अध्यक्ष लवराज जोशीले सभापतित्व गर्नुभएको ऊक्त कार्यत्रमको सञ्चालन सचिव उत्सव सुन्दर श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको पूर्ण संयोजन संस्थाका कोषाध्यक्ष देवेन्द्र राईले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?