संसदको हिउँदे अधिवेशनः संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दै, राजपा सांसदद्वारा आसनग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । साथै संसदको हिउँदे अधिवेशन आजबाटै अन्त्य हुँदैछ । 

आइतवार दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र अधिवेशन अन्त्य गर्ने तय भएको सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले जनाएको छ ।

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभामा आज दुईवटा बैठक बस्नेछ र संसदको हिउँदे अधिवेशनको समापन हुनेछ ।

गत पुस ११ गते हिउँदे अधिवेसन शुरु भएको हो ।

संसदको तेस्रो तथा हिउँदे अधिवेसनमा प्रतिनिधिसभामा २३ वटा र राष्ट्रियसभामा ७ वटा विधेयक दर्ता भएका थिए । त्यसमध्ये प्रतिनिधिसभामा उत्पत्ति भएका १३ वटा र राष्ट्रियसभामा उत्पत्ति भएका ३ वटा विधेयक दुवै सदनबाट पारित भएका छन् ।

त्यस्तै प्रतिनिधिसभातर्फ पहिलो अधिवेसनमा २६ वटा विधेयक दर्ता भएका थिए । त्यसमध्ये १८ वटा विधेयक दुवै सदनबाट पारित भएको थियो भने, ७ वटा विधेयक पहिलो अधिवेशनका बाँकी थिए । राष्ट्रिय सभातर्फ भने पहिलो अधिवेसनमा एउटा पनि विधेयक दर्ता भएको थिएन ।

यसअघि संसदको दोस्रो अधिवेशनमा प्रतिनिधिसभामा २३ वटा विधेयक दर्ता भएका थिए । अघिल्लो अधिवेशनका समेत गरी प्रतिनिधि सभामा उत्पत्ति भएका विधेयक दोस्रो अधिवेशनमा १३ वटा विधेयक दुवै सदनबाट पारित भएका छन् भने, राष्ट्रियसभातर्फ दोस्रो अधिवेशनमा ८ वटा विधेयक उत्पत्ति भएका थिए । त्यसमध्ये ५ वटा विधेयक दुबै सदनबाट पारित भएको थियो । ३ वटा विधेयक पारित हुन बाँकी थिए ।

यसैबीच राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभाको पहिलो बैठकमा लाल प्रतिवेदन सार्वजनिक गर्न गर्दै बैठक अवरुद्ध पारेका थिए । 

सागै सभामुद कृष्णबहादुर महराले प्रधानमन्त्री ओलीले केहीबेरमा बैठकलाई सम्बोधन गर्ने बताएका थिए । सभामुख महराले प्रधानमन्त्रीले सम्बोधान गर्ने कार्यक्रम रहेको भन्दै त्यसबेलासम्म आसन ग्रहण गर्न अनुरोध गरेपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?