कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । नेपाल कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । 

शुक्रवार स्वास्थयमा समस्या देखिएपछि ह्याम अस्पताल भर्ना भएका थिए ।  

सिटौलालाई आइसीयूमा राखेर उपचार भइरहेको छ । 

आइतवार ह्याम अस्पतका आइसीयू इञ्चाज डा. सविन कोइराला र मेडिकल डिरेक्टोर डा. भास्कर राज पन्तद्वारा जारी विज्ञप्तिमा कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?