सातामा सेयर बजार : नेप्से १८ सय ५२ बिन्दुमा कायम हुँदा चार अर्ब ५२ करोडको कारोबार

लोकपथ
104
Shares

काठमाडौं । यो साता सेयर बजार गत साताको तुलनामा केही सहज देखिएको छ । नियमित कारोबारको लागि सातामा पाँच कार्य दिन नैं नेप्सेको नियमित कारोबार कक्ष खुल्ला रहेको थियो । जसमध्ये पहिलो र अन्तिम कारोबार दिन बजार परिसुचक ओरालो लागेको भएपनि बाँकी तीन कार्य दिन बजार परिसुचक लगातार उकालो लागेको थियो । यसले गर्दा पनि गत साताको तुलनामा यो साता सेयर बजार केही सहज देखिएको हो ।

यो साता सेयर बजार परिसुचक (नेप्से) १८ सय ५२ दशमलव शुन्य आठ अंकमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५७ दशमलव शुन्य चार अंकमा पुगेर रोकिएको छ ।

साताभर दुुई सय ९९ वटा कम्पनीहरुको एक लाख ८५ हजार तीन सय ६२ पटकको कारोबारमा एक करोड ७४ लाख ३६ हजार दुई ४६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट यो साता कुल कारोबार रकम चार अर्ब ५२ करोड ६६ लाख ३१ हजार पाँच सय ३२ रुपैंयाँ ४३ पैसा कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैंयाँले बढी हो । गत साता दुुई सय ९६ वटा कम्पनीहरुको दुई लाख १३ हजार पाँच सय ८५ पटकको कारोबारमा एक करोड ४९ लाख आठ हजार तीन २७ कित्ता शेयर किनबेच भएका थिए । जसबाट उक्त साता तीन अर्ब ७८ करोड ५१ लाख ९७ हजार आठ सय ८९ रुपैंयाँ १३ पैसाको सेयर किनबेच भएको थियो ।

यो साता नेप्से नियमित कारोबारको लागि पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये पहिलो र पाँचौं दिन घटेको नेप्से दोस्रो, तेस्रो र चौथो दिन बढेको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन २१ दशमलव ४६ अंकले घटेर १८ सय २६ दशमलव २३ अंकमा खुम्चिएको नेप्से दोस्रो दिन २१ दशमलव ३० अंकले बढेर १८ सय ४७ दशमलव ५४ बिन्दुमा चढ्न सफल भएको थियो । तेस्रो दिन पनि ११ दशमलव २२ अंकले बढेर १८ सय ५८ दशमलव ७६ बिन्दुमा चढेकोमा चौंथो दिन पनि नेप्से पाँच दशमलव १७ अंकले बढेर १८ सय ६३ दशमलव ९४ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन भने नेप्से ११ दशमलव ८५ अंकले घटेर १८ सय ५२ दशमलव शुन्य आठ बिन्दुमा सिमित हुन पुगेको थियो ।

यसैगरी पहिलो दिन पाँच दशमलव ३६ अंकले घटेर तीन सय ५२ दशमलव ३९ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन तीन दशमलव ३३ अंकले बढेर तीन सय ५५ दशमलव ७३ बिन्दुमा चढेको थियो । तेस्रो दिन पनि दुई दशमलव ४६ अंकले बढेर तीन सय ५८ दशमलव १९ बिन्दुमा चढेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन शुन्य दशमलव २१ अंकले बढेर तीन सय ५८ दशमलव ४० अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स एक दशमलव ३६ अंकले घटेर तीन सय ५७ दशमलव शुन्य चार बिन्दुमा खुम्चिन पुगेको थियो ।

यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?