पोखरा । राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर आचार्य कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
कास्कीद्वारा आज चाउथेमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पुन र आचार्यलाई पार्टीमा स्वागत गरेका हुन् ।
राप्रपा कास्कीका विभिन्न जिम्मेवारीमा रहेका दर्जनौ नेता कार्यकर्ताहरु आजै राप्रपा नेपाल प्रवेश गरेका छन् ।
प्रवेशीहरुलाई राप्रपा नेपालका अध्यक्ष थापाले पार्टीमा स्वागत गर्दै राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनितिमा वैकल्पिक शक्तिको रुपमा स्थापित गरेरै छाड्ने दृढता ब्यक्त गर्दै जनआन्दोलनको तयारीमा जुट्न सबैलाई आग्रह गरे ।
सो अवसरमा नेपाली काङ्ग्रेस कास्कीका पूर्व कोषाध्यक्ष ऋषि सापकोटा , नेपाली काङ्ग्रेसका खेम बहादुर गुरुङ ,गुरुदत्त पहाडी, नेबिसंघका विराज कार्की लगायत दर्जनौ व्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया