मुख्यमन्त्री शाहीको राजनीतिक सल्लाहकारमा शर्मा

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजनीतिक सल्लाहकारमा भीमप्रकाश शर्मा नियुक्त भएका छन् । 

शनिवार बसेको मन्त्रिपरिषद् बैठकले सल्लानका शर्मा लाई राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

साथै बैठकले मुख्यमन्त्री शाहीको जनसम्पर्क सल्लाहकारमा कालीकोटका जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा दैलेखका रत्न गाहामगर नियुक्त गर्ने निर्णय समेत गरेको छ । 

प्रवक्ता विमला केसीका अनुसार बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्नुका साथै प्रादेशिक जडिबुटी तथा शीत भण्डार निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?