भूकम्प पीडितका लागि भारतले पठाएको तेस्रो चरणको राहत सामग्री नेपाल आइपुग्यो

लोकपथ
91
Shares

काठमाडौं । जाजरकोट रुकुमपश्चिम भूकम्प पीडितका लागि भारत सरकारले तेस्रो चरणका लागि पठाएको राहत सामग्री आइपुगेको छ ।

बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुसार भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमानमार्फत १२ टन भन्दा बढी राहत सामग्री नेपाल आइपुगेको हो ।

यी राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री आदि समावेश रहेका छन् ।

पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पुरा गर्न यस राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण जस्तैं शल्यचिकित्सा सम्बन्धी उपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाई सामग्री समावेश थिए ।

No description available.

नेपाल भारतको घनिष्ट मित्र एवम् छिमेकी भएकोले नेपाललाई सहयोग गर्न भारत सरकारले प्रतिबद्घ व्यक्त गर्र्दै भूकम्प लगत्तै नेपाललाई सहयोग गर्न देखाएको तत्परता देखाएको थियो ।

त्यस्तै नेपालको प्रमुख विकास साझेदार भएको नाताले नेपाली जनतालाई सहयोग गर्न भारत सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?