आगलागीमा जलेर वृद्धाको मृत्यु

लोकपथ
91
Shares

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका–१० मा आगोले जलेर एकजना बृद्धाको मृत्यु भएको छ । उनका श्रीमान जलेर घाइते भएका छन् ।

बिहीबार राति स्थानीय ७३ बर्षीय शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा उनकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीको खबर पाएपछि अस्थायी प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली पुगेर स्थानीयको समेत सहयोगमा आगो निभाइएको थियो ।

आगलागीमा परी घाइते भएका शिवकुमारको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?