वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले राखे ‘विश्व रेकर्ड’

लोकपथ
3.7k
Shares

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले ‘विश्व रेकर्ड’ कायम गरेका छन्।

डा. ओममूर्तिले २९ सेप्टेम्बर २०२३ अर्थात् मुटु दिवसको अवसरमा फेसबुक लाइभमार्फत् मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिबाट उनले विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् ।

लाइभ प्रस्तुतिपछि ‘गिनिज वर्ल्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा. ओममूर्तिले विश्व रेकर्ड कायम भएको दाबी पेस गरेका थिए। यद्यपि, डा ओममूर्तिलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो।

व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुने आशा गरिएको छ। सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।

असोज १२ गते साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष हेरेका थिए।

फेसबूक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most Viewers for a Cardiovascular Health Awareness Livestream on Facebook) भन्ने शीर्षकमा डा ओममूर्तिले गिनिज वर्ल्ड रेकर्डस् कायम गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?