रोयल इनफिल्डको हन्टर टिकटक च्यालेन्जका तीन जनालाई पुरस्कार हस्तान्तरण

लोकपथ
84
Shares

काठमाडौं । रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५० सिसी लाई बजार प्रबर्द्धन गर्न र युवालाई सोसल मिडियामार्फत आकर्षित गर्न गरेको हन्टर टिकटक च्यालेन्ज २०२३ को विजेता घोषणा गरेको छ ।

अटोमोटिभ प्रालिले असोज ६ गतेदेखि असोज ३० गतेसम्म गरेको टिकटक च्यालेन्ज २०२३ को पहिलो पुरस्कार पोखराका पदम लामाले १ लाख सहित पहिलो पुरस्कार जितेका छन् । त्यस्तै दोस्रो पुरस्कार पोखराकै स्मिता घिमिरेले जितेकी छिन् । उनले ६० लाखसहित दोस्रो पुरस्कार जितेकी हुन् । त्यस्तै रजक शाहीले ४० हजारसहित तेस्रो पुरस्कार जितेका छन् ।

सबै विजेताहरुलाई रोयल इनफिल्डको नशालस्थित शोरुम शोरुममा सम्पूर्ण मिडियाकर्मीको उपस्थितीमा बिहीबार कम्पनीका निर्देशक मेघराज पौडेलद्वारा चेक हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?