काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित आतंकवाद र युद्ध विरुद्ध अभियानका क्रममा २०८० कार्तिक २३ गते मध्यान्ह् एकसाथ नेपालस्थित इजरायली दुतावास र कतारी दुतावास अगाडि शान्ति समाजले आधा घण्टा प्रदर्शन गरेको छ ।
युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न इजरायललाई आग्रहसहित “युद्धविरामका लागि विश्वव्यापी आह्वानलाई स्विकार गर्न, अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न र मानवता विरुद्धको अपराधलाई रोक्न” आह्वान गर्दै नेपालस्थित इजरायली राजदुतावास अगाडि प्रदर्शन गरिएको हो ।
यसैगरी शान्ति समाजका तर्फबाट इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको पत्र नेपालस्थित इजरायली दुतावासले बुझ्न नमानेको हुँदा इमेलबाट पठाइएको छ ।
पत्रमा शिघ्र युद्धविरामका लागि संयुक्त राष्ट्रसंघ लगायत विश्वव्यापी आह्वानलाई स्विकार गर्न इजरायललाई आग्रह गरिएको छ भने इजरायलले आफ्नो आत्मरक्षा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय रुपमा स्थापित मान्यताको सदैव पालना गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै मानवता विरुद्ध अपराध ठहरिने कार्य बन्द गर्न समेत ध्यानाकर्षण गराइएको छ ।

यसैगरी आतंकवाद विरुद्ध बलियोसँग उभिन कतारलाई आह्वान गर्दै सम्पन्न प्रदर्शनमा सन् २०२३ को अक्टोवर ७ का दिन हमासद्वारा इजरायलमा भएको आतंकी हमलाका दौरान हमासद्वारा बन्धक बनाइएका विपिन जोशी लगायत सबै बन्धकहरुको विना शर्त शिघ्र रिहाइका लागि जोड दिइएको छ । स्मरणीय छ, हमासका मुखिया इस्माइल हानीयेह कतारमा रहेको र खुला गतिबिधि गरिरहेको हुँदा कतार सरकारमार्फत जोशी लगायत सबै बन्धकहरुको रिहाईका लागि सार्थक पहल गर्न आग्रह गरिएको हो । कतारी दुतावास अगाडि चुन्नीखेल ललितपुरमा भएको प्रदर्शन पश्चात शान्ति समाजका तर्फबाट कतारका प्रधानमन्त्री शेख मोहम्मत विन अब्दुलरहमान विन जसिम अल थानीलाई लेखिएको ज्ञापनपत्र कतारी दुतावासमा बुझाइएको थियो ।
ज्ञापनपत्रमा आतंकवादलाई परास्त गर्न समग्र अन्तर्राष्ट्रिय समुदाय केन्द्रीत हुनुपर्ने धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको अवगत गराउँदै कतारलाई आतंकवाद विरुद्ध बलियोसँग उभिन आह्वान गर्नुका साथै हमासद्वारा बन्धक बनाइएका विपिन जोशी लगायत सबै बन्धकहरुको विना सर्त शिघ्र रिहाइका लागि सार्थक पहल गर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया