अछाम घटनामा संलग्न फरार महिला काठमाणडौंबाट पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । अछाम पञ्चदेवल बिनायकका दिपेन्द्र शाहीको हत्या गरी फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

अछाम पञ्चदेवल बिनायक नगरपालिका वडा नं ८ घर भई १८ वर्षीय दिपेन्द्र बहादुर शाहीलाई आफ्नै घर नजिकको छिमेकी सुनिता सुनारले हत्या गरी फरार भएकी थिइन् ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको टोलिले माछापोखरीबाट ३० वर्षीया सुनारलाई पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान र कारवाहीका लागी उनलाई जिल्ला प्रहरी कार्यलय अछाम पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?