काठमाडौं । पोर्चुगलमा नेपाली राजदूूतावास स्थापना हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै सरकारका प्रवक्ता रेखा शर्माले पोर्चुगलमा दूतावास स्थापना गरी सनिल नेपाललाई पहिलो राजदूत नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन् ।
हाल विश्वका विभिन्न २५ देशमा मात्र नेपाली राजदूतावास रहेको छ । अब पोर्चुगल थपिएसँगै २६ वटा देशमा राजदूतावास हुनेछ ।
१० हजार भन्दा बढी नागरिक रहेको देशमा राजदूतावास स्थापना गर्ने निर्णय नेपालले गरेको थियो । सोही निर्णय अनुसार दूतावास निर्माण गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया