काठमाडौं । भूकम्प पीडितका लागि प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको तलब दिने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
अहिले भूकम्प पीडितका लागि विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया