महोत्तरीबाट बेपत्ता भएका ५ जना किशोरी ढल्केबरमा फेला

लोकपथ
322
Shares

जनकपुरधाम । महोत्तरीबाट गत मंगलबारदेखि बेपत्ता भएका पाँच जना किशोरीहरु आज बिहान फेला परेका छन् । उनीहरु केहीबेर अघि धनुषाको ढल्केबरमा फेला परेका हुन् ।

बाहिर जान लागेका उनीहरूलाई स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन् । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । उनीहरूलाई अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि परिवारका सदस्यहरुको सम्पर्कमा थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?