बाम गठबन्धन कांग्रेसका लागि अवसर हो, चुनावको मितिबारे शंका नगरौंः प्रधानमन्त्री देउवा

काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नेपाली कांग्रेसका लागि अवसरका रुपमा आएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन कांग्रेसका लागि अवसर नै अवसरका रुपमा देखापरेको बताए ।

प्रधानमन्त्री देउवाले बाम गठबन्धन नेपाली कांग्रसका लागि चुनौति जस्तो देखिए पनि वास्तम्बमा त्यो आफुलाई प्रमाणीत गरेर देखाउने अवसरका रुपमा आइपरेको बताए ।

एमाले–माओवादी केन्द्रवीचको बाम गठबन्धनविरुद्ध डटेर मुकाविला गर्दै अघि बढ्न पनि देउवाले कार्यकर्तालाई निर्देशन दिए । प्रधानमन्त्री देउवाले प्रजातन्त्रको रक्षाका लागि गाउँ–गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिन र लोकतन्त्र प्राप्तीका लागि कांग्रेसले खेलेको भुमिकाका बारेमा आम सर्बसाधारणलाई जानकारी गराउन पनि तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गर्दै कांग्रेसको विजय रोक्न अव कुनैपनि शक्तिले नसक्ने ठोकुवा सममेत गरे ।

उनले बामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले कुनै हालतमा चुनाव तलमाथि नहुने बताउँदै मंसिर १० र २१ का लागि तयार रहन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?