काठमाडौं । विश्वप्रशिद्ध किचन अप्लायन्सेस ब्राण्ड काफले नेपालमा औपचारिक बिक्री वितरण सुुरु गरेको छ ।
काफका उत्पादनको लागि नेपालको आधिकारिक वितरक किचन क्राफ्ट क्रियसन्स प््रालिले बुधबारदेखि यसको औपचारिक बिक्री सुरुवात गरेको हो ।
एकैपटक चारवटा स्टोरमार्फत काफका उत्पादन लन्च गरिएको किचेन क्राफ्टकी कार्यकारी निर्देशक अंकिता राठीले जानकारी दिइन् । जुन काठमाडौंमा त्रिपुरेश्वर, कमलादी र काठमाडौं बाहिर पोखरा र बुटवलमा एकैसाथ चार स्टोर सञ्चालमा ल्याइएको हो ।
कुकर हुड्स (किल्टरलेस कुकर विथ ड्राइहिट अटो क्लिन टेक्नोलोजी), बुइल्ड इन हब्स, बुइल्ड इन इन्डक्सन हब्स, बुइल्ड इन बार बि क्यू, बुइल्ड इन ओभन, बुइल्ड इन डिसवासर, बुइल्ड इन माइक्रोवेभ, कुकिङ रेन्ज, वाइन कुलर, बुइल्ड इन रेफ्रिजेरेटर, ओटीजी, कुक टप्स, भेन्टिलेसन फ्यान, सिन्क्स, किचन एसोसरिज, हार्डवेयर एण्ड ड्रयर सिस्ूटम लगायत काफका स्टोरमा पाइने बताइएको छ ।
किचनका सामग्रीको लागि स्थापित ब्राण्ड काफका बारेमा नेपाली उपभोक्ता पनि जानकार रहेको भए पनि औपचारिक बिक्री सुरुवात पहिलो पटक भएको कार्यकारी निर्देशक राठीको भनाइ रहेको छ । काफका उत्पादनले भारतमा उत्कृष्ठ किचन सामग्रीको अवार्ड प्राप्त गरेको उनले बताइन् ।
अन्य कम्पनीका उत्पादन भन्दा सस्तो, हेर्दा राम्रो, गुणस्तरीय र टिकाउ रहेको राठीले बताइन् ।
‘काफका उपकरणले प्रयोगकर्ताको आवश्यक्ता पूरा गर्दै भान्साको सौन्दर्यतालाई बढवा दिन्छ ।’ उनले भनिन्, ‘हाम्रा किचन सामग्री गुणस्तरीय, उच्च प्रदर्शन क्षमता, सुविधा र प्राविधिक रुपमा उत्कृष्ठ रहेका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया