साल्ट ट्रेडिङले यसरी सुरु गर्यो चिनी वितरण (फोटोफिचर)

लोकपथ
403
Shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले चाडपर्व लक्षित सहुलियत रुपमा चिनी, नुन तथा अन्य खाद्य सामग्री वितरण सुरु गरेको छ ।

चाडपर्व नजिकिएसँगै बजारमा चिनीको अभाव भएसँगै कर्पोरेशनले सहुलियतमा चिनी उपलब्ध गराउन थालेको हो ।

जसअनुसार सर्वसाधारणले प्रतिव्यक्ति २ केजी पाउनेछन् भने खुद्रा पसल, डिपार्टमेन्टल स्टोर लगायतले १० केजी वा त्यो भन्दा पनि बढी पाउन सक्नेछन् ।

प्रतिव्यक्ति २ केजी चिनीका लागि प्रतिकेजी ९७ रुपैयाँ पर्नेछ । भने खुद्रा व्यापारी तथा डिपार्टमेन्टल स्टोरले भने प्रतिकेजी ११२ रुपैयाँ तिनुपर्नेछ । चिनीका लागि सर्वसाधारण तथा व्यापारीहरुको लाइन लागेको छ । खुद्रा व्यापारी तथा डिपार्टमेन्टल स्टोरका लागि भने व्यवसाय दर्ताको प्रमाणपत्र, प्यान तथा भ्याटमा दर्ता भएको प्रमाणपत्र लैजानुपर्नेछ ।

अन्य सामग्रीहरु समेत कर्पोरेशनले सहुलितयमा उपलब्ध गराउँदै आइरहेको छ ।

      

तस्बिर : दिनेश रजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?