काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन १२ दिने अमेरिका भ्रमणपछि स्वदेश फर्किएका छन् ।
प्रवासी नेपाली एकता समाज अमेरिकाको निमन्त्रणमा कार्तिक ९ गतेअमेरिकाप्रस्थान गरेका लिङ्देन मङ्गलवार राति स्वदेश फर्किएका हुन् ।
अमेरिकामा रहँदा उनले अमेरिकाको टेक्सास ईन्डियाना ओहायो वाशिडंटन डिसी, न्यूयोर्क बाल्टिमोर लगायतका मुख्य शहरहरूमा ठूलो संख्याका नेपाली समुदाय, पानसका विभिन्न समितिहरूसँग भेटघाट र साक्षात्कार गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष लिङ्देनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत सम्हालेका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष हेमजङ गुरुङ प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूले स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया