काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न मित्रराष्ट्रहरुबाट उपलब्ध भएको राहत सामग्री छिटोभन्दा छिटो पीडितसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
बुधबार पोखरा विमानस्थलमा चीन सरकारले उपलब्ध गराएको राहत सामग्री बुझ्दै गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाएका हुन् ।
‘अहिले मित्रराष्ट्रले सहयोग पठाइरहेका छन् । नेपालगन्जमा भारतले हस्तान्तरण गरेको सामग्री जाजरकोट पठाइसकेका छौँ । आज चीनले सहयोग गरेको सामग्री पनि तत्काल पीडितसम्म पुराइनेछ ।’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।
चीनले उपलब्ध गराएको राहत सामग्री एपिएफको सुरक्षामा ट्रकबाट सम्बन्धित ठाउँमा पुर्याइने श्रेष्ठले जानकारी दिए ।पहिलो चरणमा उद्धार सम्पन्न भएको र दोस्रो चरणमा राहत सामग्री वितरण गरेपछि तेस्रो चरणमा पुनः निर्माण र पुनः स्थापनामा लाग्ने श्रेष्ठको भनाइ थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया