काठमाडौं महानगरमा प्लास्टिकका सामान बिक्री वितरण गर्न नपाइने

लोकपथ
21
Shares

काठमाडौं । काठमाडौं महानगरमा प्लास्टिकका सामान बिक्री वितरण गर्न नपाइने भएको छ ।

महानगरले तिहार लक्षित गरेर प्लास्टिकका फूलमाला तथा सजावटका सामान बिक्री वितरणमा रोक लगाएको हो ।

साथै प्लास्टिकको फूलमाला किनबेच गरेको पाइएमा जफत गरिने काठमाडौं महानगरले जनाएको छ  । महानगरले त्यसका लागि महानगर प्रहरी नै खटाएको छ ।

त्यस्तै काठमाडौं महानगरले प्राकृतिक फूलहरूको प्रयोग गर्न अनुरोध समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?