दराजको ११ः११ सेलको छैटौँ संस्करण सार्वजनिक

लोकपथ
105
Shares

काठमाडौं । नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैटौँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कात्तिकको २५ गतेदेखि सुरु हुने यो सेलमा ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनेरञ्जन जस्ता विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोड सम्मको छुट पाउनेछन् ।

यो सेलमा ग्राहकरुले निःशुल्क डेलिभरी, रु १०,००० सम्मको मेगा भाउचर, मेगा डिलस्मा ८०५ सम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत रु९९९ भन्दा माथिको खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरुले सिजि ब्राण्डको वाशिङ्ग मशिन जित्ने मौका पाउनेछन् । साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५५ अधिकतम रु २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०५ अधिकतम रु २५०० को छुट प्राप्त गर्नेछन्।

दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, “११ः११ सेल मात्र नभएर उत्साह र उमङ्ग हो । हाम्रो वर्षैको कडा मिहिनत र परिश्रमबाट ११ः११ सेललाई विशेष बनाउन सफल भएका छौं । यो हाम्रा ग्राहक, बिक्रेता, बैंक तथा साझेदारहरुलाई धन्यवाद भन्ने विशेष तरिका पनि हो । आशा छ, सम्पूर्ण ग्राहक, बिक्रेता तथा साझेदार कम्पनीहरु यो वर्षको ११ः११ बाट धेरै भन्दा धेरै लाभान्वित हुनुहुनेछन् ।”

यो सेलमा विभिन्न ब्राण्ड तथा कम्पनीहरुले साथ दिएका छन् । यो वर्षको सेलमा ८ वटा ब्राण्डहरु दराजसँग डाइमण्ड पर्टनरको रुपमा आवद्ध भएका छन् । जसमा अल्टिमा लाइफस्टाईल, मसल बलेज, हाडा लाबो, भ्यासलिन् , सेटाफिल , गोल्डस्टार , वाउ स्किन साइन्स , र जुभारा । यसका साथै हाई फ्युचर , फिलिप्स, फ्यान्सिरा, एडिडास, मामाअर्थ, पल्म , र फ्यान्टेकहरु छन् ।

नेपालका प्रख्यात बैंकहरुले पनि दराजको ११ः११ सेलमा साझेदारी गरेका छन् । नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, एन आई सी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, कृषि विकास बैंक,ज्योति विकास बैंक, र सांग्रिला डेभलपमेन्ट बैंकहरु यो वर्षको ११ः११ सेलसँग आवद्ध भएका हुन् । यो वाहेक दराजले डिजिटल वालेट आइएमई पे संग पनि सहकार्य गरेको छ। कार्तिक २५ गते राति १२ बजे देखि १२ः३० बजे सम्म आईएमई–पे द्वारा अग्रिम भुक्तानी गर्ने ग्राहकहरुले १५५ अधिक्तम रु ५०० र बिहान ८ बजेबाट ८ः३० सम्म १५५ अधिक्तम रु २५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो सेलमा उमङ्ग थप्न गायिका सुवानी मोक्तानले कार्तिक २४ गते राति १० बजे दराज लाईभ मार्फत कार्यक्रम सञ्चालन गर्नेछिन्। यो कार्यक्रम दराजको एपबाट प्रत्यक्ष प्रशारण गरिने छ । यो कार्यक्रममा मोक्तानको सांगीतिक प्रदर्शनका साथै विभिन्न खेल र प्रश्नेत्तरहरु समावेश छन् जहाँ दर्शकहरुले आफ्नो सहभागिता जनाएर प्रत्येक ११ मिनेटमा आकर्षक उपहारहरु जित्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?