काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाजरकोट र रुकुुम पश्चिमका भूकम्प पीडितहरुको राहत तथा पुनर्निमाणका लागि तत्काल सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
भूकम्प प्रभावितहरुको उद्धारपछि फर्किएका लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरी सो कुरा अवगत गराएका हुन् ।

भूकम्प प्रभावित क्षेत्रबाट फर्किएलगत्तै प्रधानमन्त्रीसँग भेटेका लामिछानेले विभिन्न १४ सुझावहरु समेत दिएका छन् ।
छलफलमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिँदै प्राप्त सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को वैठकमा समेत प्राप्त सुझावहरु राख्ने प्रतिबद्धता जनाएको रास्वपाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया