काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेका छन् । १५ जनाको टोलीसहित अध्यक्ष नेपाल मंगलबार अपरान्ह चीन तर्फ प्रस्थान गरेका हुन्।
चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश बिभागको निमन्त्रणामा आफू नेतृत्वको टोली चीन जान लागेको जानकारी दिए । चीन भ्रमणका क्रममा बिभिन्न पार्टीहरुसँग छलफल गर्ने खुनमिङ हुँदै बेइजिङ नजिकैको शहर पुग्ने कार्यक्रम रहेको उनले बताए ।
त्यस्तै, अध्यक्ष नेपालले भूकम्पले पिडित भएका जनताका लागि सरकार क्रियाशिल हुनुपर्ने जिकिर गरे । जनताको चाहनाका आधारमा भूकम्पपिडितका लागि सबैँ दलहरु एक भएर काम गर्नुपर्ने उनले बताए ।
चीन भ्रमणसम्पन्न गरेर अध्यक्ष नेपालको टोली आगामी २८ गते फर्कने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया