काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।
नोभेम्बर ११ देखि नोभेम्बर २२सम्म रहनेयस छुट योजना अन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशतवा रु.२,००० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशतवा रु.२,५०० सम्म छुट पाउनेछन् ।
बैंकका कार्ड बाहक ग्राहकहरुले छुट पाउनका लागि दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर सङ्कलन गर्नुपर्नेछ । यी भाउचरहरू चेक आउट प्रक्रियाको क्रममा स्वचालितरूपमा लागू हुनेछन् ।
ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया